पाल्पा, ३० जेठ २०७४ । पाल्पाको निस्दी गाउँपालिका–४ भिरपानीमा जङ्गली च्याउ खाँदा २ जनाको मृत्यु भएको छ ।
शुक्रबार बिहान घर नजिकैको जङ्गलबाट खोजेर ल्याएको च्याउ खाँदा बिरामी परेकामध्ये एकै घरका दुई जनाको मृत्यु भइसकेको छ भने एकजनाको अहिले लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचार भइरहेको छ ।
४५ वर्षीया रिखिसरा गाहा र ४ वर्षीय रुपेश गाहाको उपचारको क्रममा मृत्यु भएको हो । च्याउ सेवनबाट बिरामी भएका २१ वर्षीया इनमाया गाहाको अहिले उपचार भइरहेको छ ।


