म्यानमार सेनाको विमान दुर्घटनामा परेका ८१ जनाको शव भेटियो

म्यानमार, ३० जेठ २०७४। विमान दुर्घटना भएको पाँचौ दिन दुर्घटनामा परी मृत्यु भएका मध्ये सोमबारसम्म ८१ जनाको शव भेटिएकोे रक्षा सेवा कार्यालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

टानिन्थारीको दक्षिणी सामुद्रिक किनारामा पर्ने माउङमाकानबाट पछिल्लो समय थप पाँच ओटा शव भेटिएको हो ।

विमान दुर्घटना भएको घटनास्थलमा सोमबार पनि लगातार खोजी गरिएको थियो । खोजीका लागि नौ पानी जहाज, पाँच सैनिक विमान र दुई हेलिकोप्टर सहित स्थानीय सहयोगीहरु परिचालन भएका छन् ।

गत बुधबार १२२ जना यात्रु सहित मिइकीबाट उडेको जहाज दुर्घटनामा परेको हो । विमानमा भएका मध्ये १०८ जना सेना र तिनीहरुका पारिवारिक सदस्य र १४ जना चालक दलका सदस्य रहेका थिए । यस दुखद् घटनाको अनुसन्धान भइरहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

 

  • 90Read This News:
  • 459284Total reads:
  • 268806Total visitors: