खाडी समस्याबारे छलफल गर्न पाकिस्तानी प्रधानमन्त्री सरिफ साउदी अरबतर्फ

पाकिस्तान, ३० जेठ २०७४। पछिल्ला केही दिन यता खाडी क्षेत्रका छ मुलुक र कतारवीच देखिएको कुटनैतिक सङ्कट समाधान गर्ने पहलस्वरुप पाकिस्तानी प्रधानमन्त्री नवाज सरीफ सोमबार साउदी अरबतर्फ लाग्नुभएको पाकिस्तानी अधिकारीले जनाएका छन् ।

भ्रमण दलमा प्रधानमन्त्री सरीफ, वित्तमन्त्री इशाक दर, विदेश मन्त्रालयका सल्लाहकार सर्ताज अजिज, सैनिक प्रमुख जनरल जावेद बाजवा लगायत उच्च अधिकारी रहेको पाकिस्तानले जनाएको छ ।

साउदी अरवमा रहँदा पाकिस्तानी प्रधानमन्त्री तथा भ्रमण दलका अन्य सदस्यले खाडी सहकार्य परिषद् सदस्यमा रहेका मुलुक र कतारवीच देखिएको कुटनैतिक सम्वन्धमा आएको सङ्कट, साउदी अरव र पाकिस्तानवीच पारस्परिक हित लगायतका द्विपक्षीय सम्वन्धका बिषयमा साउदी नेतृत्वसँग कुराकानी हुने बताइएको छ ।

 

  • 100Read This News:
  • 459333Total reads:
  • 268853Total visitors: