जर्मन चान्सलरद्वारा सैनिकसँगको तनाव समाधानको प्रयास

जर्मनी, २७ जेठ २०७४ । जर्मन चान्सलर एन्गेला मर्केलले सरकार र सेनाबीच बुन्देश्वेहरमा भएका शृङ्खलाबद्ध टकरावका बीच सेनाको भूमिकाको प्रशंसा गर्दै तनाव कम गर्ने प्रयास गर्नुभएको छ ।

उहाँले राज्यलाई सेनाको भूमिका अहम् रहेको बताउनुभएको छ । मर्केलले सैनिक राष्ट्रका लागि निशर्त र अपरिहार्य शक्ति भएको बताउनुभएको छ ।

जर्मनीमा दक्षिणपन्थी अतिवादीद्वारा सेनाको प्रतिष्ठामा आँच आउने गरी गतिविधि गर्दासमेत आफ्नो कर्तव्यप्रति चुकेको भनी सेनामाथि लगाइएका आरोपका विषयमा मर्केलले सेनाको भूमिकाको प्रशंसा गर्दै चिढिएको सेनालाई खुसी पार्ने प्रयास गर्नुभएको छ ।

पहिल्यै रेकर्ड भएको तर शनिबार सार्वजनिक भिडियोमा मर्केलले भन्नुभएको छ – “कतिपय घटनाहरु आलोचना गर्न लायक थिए तर पनि समग्रमा सेनाले राज्यका लागि अनमोल सेवा पु¥याउँदै आएको छ ।” एकाध घटनालाई लिएर समग्र सेनाको भूमिकामाथि आलोचना आउनु गलत हो, मर्केलले भन्नुभएको छ ।

जर्मनीका रक्षामन्त्री उर्सला भोनडर लेयनले सेनाका केही अधिकारीको भूमिका र कार्यप्रति आलोचना गरेपछि एक सैन्य अधिकारीले ‘मजाक’ गर्दै सैनिक ‘कु’ गर्ने बताएको भन्ने विषयमाथि सेनाभित्र छानबिन सुरु भएको छ ।

 

  • 96Read This News:
  • 459609Total reads:
  • 269115Total visitors: