काठमाडौँ, २६ जेठ २०७४। कवि तथा समालोचक नवीनबन्धु पहाडीद्वारा रचित ‘आमाको आँगन’ महाकाव्य विहिवार सार्वजनिक भएको छ ।
समसायिक राजनीतिक अवस्थालाई विषयवस्तु बनाइएर रचना गरिएको महकाव्यको कवि तथा नेपाल सरकारका पूर्वमुख्यसचिव डा विमल कोइरालाले सार्वजनिक गर्नुभयो ।
पुस्तकमाथि बोल्दै समालोचकद्वय महेश पौड्याल र लीला लुइँटेलले महाकाव्यले देशको वर्तमान अवस्थालाई उजागर गरेको बताउनुभयो । डा कोइरालाले राष्ट्रका लागि केही गर्न चाहनेका लागि महाकाव्य पठनीय भएको बताउनुभयो ।


