भारतको उत्तर प्रदेशमा तातो हावाबाट १० जनाको मृत्यु

भारत, २४ जेठ २०७४। उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा गत २४ घन्टायता तातो हावा चलेको कारण १० व्यक्तिको मृत्यु भएको छ ।

एक वरिष्ठ सरकारी अधिकारीले मङ्गलबार सो जानकारी दिनु भएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैनन् ।

भारतमा गर्मीको मौसममा तातो हावा (लू)को कारण सयौँ व्यक्तिले ज्यान गुमाउने गरेका छन् ।

 

  • 94Read This News:
  • 480666Total reads:
  • 288127Total visitors: