हतियार र हतियार वनाउने उपकरण सहित कामी पक्राउ

दाङ, २० जेठ २०७४ । इलाका प्रहरी कार्यालय, तुलसीपुरले ठूलो परिमाणमा हातहतियारसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–४ तरुलेका ६३ वर्षीय विक्रम कामी रहेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले जानकारी दिनुभयो ।

प्रहरीले कामीको साथबाट ४ वटा पेस्तोल, २ वटा भरुवा बन्दुक, इन्सासमा लाग्ने ९ वटा गोली, एसएलआरमा लाग्ने एउटा गोली, २ किलो बारुद, हतियार बनाउन प्रयोग गरिने सामग्री बरामद गरेको छ । कामीलाई प्रहरीले उनको घरबाटै पक्राउ गरेको हो । प्रहरीले कामीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, घोराही पठाएको छ ।

 

  • 79Read This News:
  • 480424Total reads:
  • 287899Total visitors: