टर्कीका प्रधानमन्त्रीका प्रमुख सल्लाहकार पक्राउ

टर्की, २० जेठ २०७४ । टर्कीका प्रधानमन्त्री बिनाली इन्दिरिमका प्रमुख सल्लाहकारलाई स्वघोषित निर्वासमा रहनुभएका धर्मगुरु फेथुल्लाह गुलेनसँग साँठगाँठ रहेको आरोपमा शनिबार सुरक्षा नियन्त्रणमा लिइएको छ ।

प्रधानमन्त्रीका सल्लाहकारका रुपमा काम गरिरहेका बिरोल एर्देमले धर्मगुरु गुलेनद्वारा टर्कीमा चलाएको आन्दोलनमा संलग्नता रहेको आरोप लगाइएको छ ।

न्याय मन्त्रालयका पूर्व उपसचिवसमेत रहेर काम गर्नुभएका एर्देम र उहाँसँगै पत्राउ पर्नुभएकी उहाँकी पत्नी गुलुमसेर एर्देमलाई अङ्कराको अभियोजको कार्यालयका प्रमुखद्वारा अनुसन्धान गर्ने तयारी भएको प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।

धर्मगुरु गुलेन र उहाँका अनुयायीमाथि टर्की सरकारले सन् २०१६ को असफल ‘कु’ प्रयासको योजना कारक रुपमा आरोप लगाउँदै आएको छ । उक्त घटनामा दोहोरो झडपमा २४९ जना मारिएका थिए भने २ हजार २०० नागरिक घाइते भएका थिए ।

 

  • 91Read This News:
  • 458619Total reads:
  • 268182Total visitors: