सुडानमा झाडापखालाका कारण गत अगस्टदेखि २६५ जनाको मृत्यु

सुडान, १९ जेठ २०७४। सुडानका स्वास्थ्यमन्त्री बहार इद्रिस् अबु गरादाले गत अगस्टदेखि अहिलेसम्म झाडापखालाका कारण २६५ जनाको मृत्यु भएको शुक्रबार बताउनुभएको छ ।

देशका ११ वटा राज्यमा यो अवधिमा झाडापखालाबाट १६ हजार १२१ व्यक्ति प्रभावित भएको उहाँले बताउनुभयो ।

उहाँले दूषित पानीबाट हुने झाडापखालाका बिरामीहरु बढ्ने चेतावनी दिँदै वर्षात्को बेला झाडापखालाका बिरामीहरुको सङ्ख्या अझ बढ्ने बताउनुभयो ।

मन्त्रीको प्रतिवेदनका अनुसार सुडानको ह्वाइट नाइल राज्यमा सबैभन्दा बढी ४ हजार ५१२ जना बिरामी भएको तथ्याङ्क पाइएको छ ।

त्यसैगरी ब्लु नाइल राज्य दोस्रो स्थानमा परेको छ । त्यहाँ ४ हजार ४७१ जनामा झाडापखालाको प्रकोप देखिएको छ भने १२ जनाको मृत्यु भएको छ । तेस्रो स्थानमा परेको सिनार राज्यमा २ हजार ४०१ जना प्रभावित भएको र १४ जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ ।

खार्तुम राज्यमा १० महिनाको अवधिमा १९ जनाको मृत्यु भएको र ८७८ जना प्रभावित भएका छन् ।

रेड सि प्रदेशमा १ हजार १३७ जना प्रभावित भएको र १९ जनाको मृत्यु भएका बेला गेजिरामा ५५ जनाको मृत्यु र ९८२ जना प्रभावित भएका छन् ।

मन्त्रीले पानीका स्रोतहरुको अवलोकन गरी सफा बनाउनेतर्फ लाग्नुपर्नेमा पनि जोड दिनुभएको छ ।

 

  • 127Read This News:
  • 438878Total reads:
  • 250815Total visitors: