ब्राजिलमा बाढीवाट ७ को मृत्यु, ४८ हजार विस्थापित

ब्राजिल, १७ जेठ २०७४ । उत्तरी ब्राजिलमा आएको भीषण बाढीमा परी सात जनाको मृत्यु भएको छ । यस प्रकोपको कारण ४८ हजार सर्वसाधारण विस्थापित भएका छन् ।

बाढीबाट पेर्नाम्बुको प्रदेश अत्यन्त प्रभावित भएको र त्यहाँ २ जनाको मृत्यु हुनुको साथै ४४ हजार भन्दा बढी विस्थापित भएका अधिकारीहरुले सोमबार जनाएका छन् । त्यसैगरी २ हजार ६०० घरहरुमा क्षति पुगेको र १५ ओटा सहरमा आइतबार संकटको घोषणा गरिएको छ ।

यसैबीच अलागोएज प्रदेशमा बाढी पहिरोका कारण ५ जनाको मृत्यु भएको छ । मृत्यु हुने मध्ये बालबालिका पनि रहेका छन् ।
पेर्नाम्बुको र अलागोएज प्रदेशमा केहीदिन देखि बर्षा भईरहेको छ । त्यस बाहेक पारैबा प्रदेशसहित केही प्रदेशहरुमा पनि बाढी पहिरो आइरहेको जनाइएको छ ।

ब्राजिलका राष्ट्रपति मिचेल टेमरले आइतबार बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी पेर्नाम्बुको प्रदेशका गभर्नर पाउलो कामरासँग भेट्नु भएको छ ।

 

  • 40Read This News:
  • 439175Total reads:
  • 251106Total visitors: