बन्नेनै भयो काठमाण्डौ तराइ द्रूतमार्ग

बारा, १४ जेठ २०७४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँबाट तराई प्रदेश जोड्ने राष्ट्रिय गौरवको रणनीतिक महत्व बोकेको दु्रत मार्ग (फास्ट ट्र्याक)को आज शिलान्यास गर्नुभयो ।

नेपाली सेनाको व्यवस्थापनमा निर्माण हुने उक्त सडक ७६.२ किमी दूरीको हुनेछ ।

मुलुककै नमुना आयोजनाका रुपमा रहने उक्त दु्रत मार्ग निर्माणका लागि नेपाली सेनाका बलाध्यक्ष रथी पूर्णचन्द्र थापाको नेतृत्वमा अधिकारसम्पन्न निर्देशक समिति गठन गरिएको छ ।
यो आयोजना निर्माणसँगै तराई, मधेस, हिमाल र पहाडको भावनालाई जोड्ने यस मार्गले नेपालको आर्थिकलगायत बृहत्तर विकासमा योगदान पुर्याउनेछ ।

नेपाली सेनाको व्यवस्थापनमा निर्माण हुने यो सडक निर्माणलाई नेपाली सेनाले गौरव र चुनौतीका रुपमा लिएर समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।

ललितपुरको खोकनाबाट सुरु भई मकवानपुर हुँदै बारा जोडिने सडक निर्माणबाट काठमाडौँ उपत्यकामा पुग्ने सडक सञ्जालको दूरी घटाउने, ढुवानीलाई छिटोछरितो बनाउनेछ ।

शिलान्यास कार्यक्रममा रक्षामन्त्री बालकृष्ण खाँण, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक, नेपाली सेनाका प्रधानसेनापतिलगायतको सहभागिता थियो ।

रु १ खर्ब १२ अर्बको लगानीमा निर्माण हुने उक्त सडक निर्माणपछि निजगढदेखि काठमाडौँसम्मको दूरी १ घन्टामा खुम्चिनेछ ।

kmf:6 6«Øfs lznfGof; g]kfnL ;]gfsf] Joj:yfkgdf lgdf{0f x'g] sf7df8fF}–t/fO{–dw]; b'|tdfu{ -kmf:6 6«Øfs_sf] cfOtaf/ af/fsf] lghu9df lznfGof;sf] qmddf wGojfb dGtJo JoQm ug'{x'Fb} k|wfg;]gfklt /fh]Gb| IfqL . tl:a/ M ;f}hGo–g]kfnL ;]gf, /f;;

fasttrack silanyas

 

  • 41Read This News:
  • 440892Total reads:
  • 252777Total visitors: