पोखरा लेखनाथ महानगर प्रमुखमा जिसी, उपप्रमुखमा गुरुंग विजयी

कास्की, १२ जेठ २०७४। पोखरा लेखनाथ महानगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का मानबहादुर जिसी ६० हजार ११८ मतसहित विजयी बन्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामजी कुँवरले ४६ हजार ४१६ मत प्राप्त गर्नुभयो ।

महानगरको उपप्रमुखमा एमालेकी मञ्जु गुरुङ ५६ हजार ४४८ मतसहित विजयी बन्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सरस्वती गुरुङले ४४ हजार ३३८ मत प्राप्त गर्नुभयो ।

पोखरामा ३३ वटा वडामा २२ वटामा नेकपा (एमाले) र वाँकी ११ वटामा नेपाली काँग्रेसले वडाध्यक्षमा जित हासिल गरेकोछ ।

 

  • 78Read This News:
  • 441507Total reads:
  • 253375Total visitors: