भूकम्पपीडितलाई अनुदान वितरणको तयारी पूरा

धनकुटा, १२ जेठ २०७४ । जिल्लाका भूकम्पपीडितलाई आवास निर्माणका लागि राहत अनुदान रकम वितरण गर्ने तयारी पूरा भएको जिल्ला समन्वय समितिले जनाएको छ ।

धनकुटा जिल्लामा अवास निर्माण अनुदानस्वरुप सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन एकाइसमक्ष माग भएको रु नौ करोडमध्ये पाँच करोड निकासा भएको जिल्ला समन्वय समिति, धनकुटाका स्थानीय विकास अधिकारी पर्वप्रसाद सापकोटाले बताउनुभयो ।

पहिलो किस्ताबापत रु ५० हजार वितरण गर्न सम्झौता गरिएका एक हजार पीडितलाई कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत रकम निकासा गरिएको जिल्ला समन्वय समितिले जानकारी दिएको छ ।

निकासी गरिएको रकम जिल्लाका तीन नगरपालिका र चार गाउँपालिकामा रहेका वित्तीय संस्था धनकुटास्थित राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, माछापुच्छ«े बैंक, जनता बैंक, पाख्रिबास, लक्ष्मी बैंक, हिले र काबेली विकास बैंक, धनकुटा शाखामार्फत वितरण गर्ने तयारी गरिएको जनाइएको छ ।

आवास निर्माणका लागि पीडितहरु सम्बन्धित नगर र गाउँपालिकाका प्राविधिकको सल्लाह बमोजिमका भूकम्पप्रतिरोधात्मक घरनक्सा पास गरी निर्माणका तयारीमा रहेका स्थानीय प्राविधिकहरु बताउँछन् ।

जिल्लामा प्राविधिकसहितको अन्तिम सर्भेक्षण गरी चार हजार ४९२ घरधुरीमध्ये रु ३ लाख अनुदान रकम पाउने २ हजार ७९६ घर निर्माणको तयारीमा रहेको स्थानीय विकास अधिकारी सापकोटाले बताउनुभयो ।

 

  • 41Read This News:
  • 480802Total reads:
  • 288257Total visitors: