ब्राजिलियाली राष्ट्रपति टिमरद्वारा आफू दोषी नभएको दावी

ब्राजिल, ९ जेठ २०७४। ब्राजिलका राष्ट्रपति मिसेल टिमरलाई सघाउँदै आएका सत्ता गठबन्धनका सदस्यहरुले भ्रष्टाचार प्रकरण छानबिन प्रक्रिया उहाँको कारण अवरुद्ध भएको भन्दै सत्ताबाट हटिदिन आग्रह गरिरहेका वेला उहाँले रात्रिकालिन भेलामा आफू सहभागी हुनुलाई आफ्नो सिधापन बताउनु भएको छ ।

टिमरले आफूले सो भेलामा सहभागी भएकै कारण आफ्नो नाम भ्रष्टाचार प्रकरणमा जोडिएर आएको बताउदै आफू उक्त काण्डमा दोषी नभएको बताउनुभयो ।

ब्राजिलियाली फोला पत्रिकालाई दिएको एक अन्तवार्तामा आफूमाथि अनाहकमा महाभियोग लगाउनुपर्ने भनी आएका दोषलाई पुष्टि गर्न उहाँले चुनौतिसमेत दिनुभएको छ ।
टिमर गत बर्षमात्रै महाभियोगमार्फत तत्कालिन राष्ट्रपति दिल्मा रुसेफलाई हटाएपछि सत्तामा आउनुभएको थियो ।
सिधापन नै आफूमाथि दोष लगाउने आधार बनेको भन्दै उहाँले भन्नुभयो, “म सिधा भएँ जसका कारण ममाथि दोष लगाउने आधार बन्यो तर वास्तविकता के हो भने म त्यसरात आफूमाथि गरिन लागेको षड्यन्त्रको शिकार हुन मात्रै पुगेछु”
ब्राजिलको पत्रिका ‘ओ ग्लोवो’ले बुधबार राष्ट्रपति टिमरले मासु कम्पनीका जोस्ली बाटिस्टालाई घुस प्रकरणमा सघाएको प्रसङ्ग रेकर्ड भएको बताउँदै मुद्दामा छानबिन गर्न सघाउन उहाँले राजीनामा दिनु राम्रो हुने जनाएको थियो । बाटिस्टा एक व्यवसायीका साथै पूर्व शक्तिशाली नेता पनि हुनुहुन्छ ।

टिमरले आफूले वाटिस्टालाई कुनै पनि अवस्थामा उक्त प्रकरणमा नसघाएको जनाउँदै आउनुभएको छ । राष्ट्रपतिले बाटिस्टालाई आफ्नो सहयोगीका रुपमा कुनालाई राख्ने सहमति नगरेको बताउँदै आफूलाई फसाउने षडयन्त्र हुन लागेको टिमरको दाबी छ ।

कुनालाई भ्रष्टाचार अवैध सम्पत्ति आर्जन र राजस्व छली मुद्दामा १५ वर्ष चार महिनाको जेल सजाय तोकिएको छ ।

यसबाहेक ४० मिनेट लामो रेकर्डमा वाटिस्टाले न्यायाधीश र अभियोजकलाई घुसबापत दिएने रकमका लागी वार्गेनिङ गर्ने प्रसङ्गमा टिमर पनि मुछिएको बताइएको छ ।

टिमरले बिहीबार पत्रकार सम्मेलन गरी आफूले पदबाट राजीनामा नदिने बताउँदै आफूलाई जोडी गलत काम गरेको र यसैका कारण राजीनामा दिन लागेको भन्ने हल्ला निराधार रहेको बताउनुभएको थियो ।

 

  • 17Read This News:
  • 443222Total reads:
  • 255073Total visitors: