गगनसिंह थापाको चौथो कृति ‘मेरो मधुशाला’ विमोचन

कैलाली, ८ जेठ २०७४। साहित्यकार गगनसिंह थापाको चौथो कृति ‘मेरो ‘मधुशाला’ उपन्यासको आइतवार विमोचन भएको छ ।

टीकापुरमा एक समारोहबीच पूर्व ऊर्जाराज्यमन्त्री चन्द्रसिंह भट्टराईले सो पुस्तकको विमोचन गर्नुभएको हो । पूर्वमन्त्री भट्टराईले पुस्तकको शीर्षक नै उत्कृष्ट रहेको र राजनीतिमा पनि मधुशाला अर्थात् मदिराको प्रभाव रहँदा विकृति आएको बताउँदै साहित्यले समाजको चित्रण गर्ने बताउनुभयो ।

लेखक थापाले साहित्य सबै भित्र अङ्कुरित हुने बताउँदै समाजको अगाडि सबैले राख्नमात्र नसक्ने टिप्पणी गर्नुभयो । कार्यक्रममा साहित्यकार धनञ्जय तिमिल्सिना, नारायणप्रसाद तिमिल्सिना र पुस्तकका प्रकाशक साङ्ग्रीला बुक्सका मणि शर्माले सो पुस्तकमाथि टिप्पणी गर्नुभएको थियो ।

साहित्यकार थापाको यसअघि ‘सोह्र सौगात’ कथासङ्ग्रह, ‘कर्णालीको छेउछाउ’ उपन्यास, ‘पुर्खाको चिठी’ उपन्यास प्रकाशित भइसकेको छ ।

 

  • 36Read This News:
  • 443441Total reads:
  • 255290Total visitors: