पोखरा विश्वविद्यालय स्नातकोत्तर तहको पाठ्यक्रम परिमार्जन

काठमाडौँ, ६ जेठ २०७४ । पोखरा विश्वविद्यालयले स्नातकोत्तर तहको ‘स्वास्थ्य सेवा व्यवस्थापन’ विषयको पाठ्यक्रम परिमार्जन गरेको छ ।

आज काठमाडौँमा विश्वविद्यालय र नेसनल ओपन कलेजको संयुक्त आयोजनामा भएको कार्यशाला गोष्ठीमा पाठ्यक्रम परिमार्जन गरेको हो ।

विश्वविद्यालयका पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक डा राजेश ठकुराठीले बजारमा मागअनुसार पाठ्यक्रम परिमार्जन गरिएको बताउनुभयो ।

‘‘विश्वविद्यालयको निमयावलीमा ३–४ वर्षमा पाठ्यक्रम परिमार्जन गर्नुपर्ने व्यवस्था छ । तर हामीले समयको व्यस्तताका कारण गर्न सकेका थिएनौँ’’, उहाँले भन्नुभयो – “समयको मागअनुसार परिमार्जन गरेका हौँ ।’’

कार्यक्रम संयोजक प्रा डा मुरली गोपाल रञ्जितकारले नयाँ परिमार्जन गरिएको पाठ्यक्रममा अस्पतालको सेवा सुविधा कसरी व्यवस्थापन गर्ने, स्वास्थ्य बिमा, वातावरणीय स्वास्थ्य, अस्पताल राम्रो कसरी बनाउनेलगायत कुरा समेटिएको जानकारी गराउनुभयो ।

कार्यक्रममा विश्वविद्यालयका व्यवस्थापन समितिका अध्यक्ष प्रा डा आरपी पन्त, स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक डा रमेशविक्रम सिंह र कलेजका प्रिन्सिपल शीतल कार्कीले परिमार्जन गरिएको पाठ्यक्रमले स्वास्थ्य शिक्षामा गुणस्तर ल्याउने दाबी गर्नुभयो ।

 

  • 28Read This News:
  • 448740Total reads:
  • 260208Total visitors: