कीर्तिपुर नगरपालिकाको मतगणना स्थगित

निर्वाचन अधिकृतको कार्यालय भक्तपुरमा सूर्यविनायक नगरपालिकाको मतगणना गरिँदै ।

काठमाडौँ, २ जेठ २०७४ । कीर्तिपुर नगरपालिकाको मतगणना स्थगित गरिएको छ । स्थानीय निर्वाचनको आइतबार रातिदेखि सुरु भएको मतगणना विवादका कारण स्थगित गरिएको हो ।

नगरपालिकाको वडा नं २ को मतगणनाका क्रममा नेकपा ९एमाले० ले अग्रता लिएपछि नेपाली काँग्रेस समर्थकले विरोध गरेपछि राति ११ बजेदेखि गणना रोकिएको सहायक निर्वाचन अधिकृत केशव पराजुलीले जानकारी दिनुभयो ।

अहिले बिहान विभिन्न दलका सर्वदलीय प्रतिनिधिको छलफल बोलाइएको छ । त्यसपछि मत गणना हुने बताइएको छ ।

 

  • 16Read This News:
  • 449516Total reads:
  • 260924Total visitors: