सरकारद्वारा आफ्ना माग सम्बोधन भएमा मात्र राजपाले निर्वाचनमा भाग लिने

झापा, १ जेठ २०७४। मधेस केन्द्रित ६ राजनीतिक दल एकीकरण भएर बनेको राष्ट्रिय जनता पार्टी नेपाल झापाको नेतृत्वले आफ्ना माग सम्बोधन भए यही जेठ ३१ को स्थानीय तहको चुनावमा सहभागिता जनाउने घोषणा गरेको छ ।

संवाद समूह झापाको संयोजनमा बिर्तामोडमा आज भएको छलफलमा जिल्ला तहका नेताहरुले आफ्नो पार्टीले उठाउँदै आएको माग सम्बोधन भए स्थानीय चुनावमा जाने बताउनुभयो ।

उहाँहरुले चुनाव मुलुकका लागि अपरिहार्य छ भन्दै वर्तमान सरकारले मधेस केन्द्रित भावना सम्बोधन गर्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।

राजपा झापाका संयोजक सूर्यनारायण गणेशले दलबीच सहमतिको विकल्प नरहेको बताउँदै वर्तमानमा देखिएका समस्या राजनीतिक तवरबाटै समाधान हुनुपर्नेमा जोड दिनुभयो ।

 

  • 27Read This News:
  • 449471Total reads:
  • 260880Total visitors: