निर्वाचन आयोगको निर्णयपछि चाँगुनारायणको मतगणना सुरु हुने

नगरकोट, १ जेठ २०७४ । भक्तपुरको चाँगुनारायण नगरपालिकाको नगरकोट मतदान केन्द्रमा मादल चिह्न नभएको नवलपरासीको मतपत्र बदर गर्ने वा पुनः मतदान गराउने विषयको विवाद टुङ्गिएको छैन ।

भर्खरै बसेको सर्वदलीय बैठकले सो समस्या समाधानका लागि निर्वाचन कार्यालयलाई लेखी पठाउने र जवाफ प्राप्त हुनासाथ मतगणना सुरु गर्ने गरी सहमति भएको नेपाल मजदुर किसान पार्टीका चाँगुनारायण नगरपालिका वडा नं ८ का अध्यक्षका उम्मेदवार गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।

वैशाख ३१ गतेको मतदानमा चाँगु नगरपालिकाको नगरकोटस्थित मतदान केन्द्रमा केही मतपत्रमा नेपाल मजदुर किसान पार्टीको चुनाव चिह्न नै थिएन ।

करिब २२ वटा मत खसिसकेपछिमात्र नवलपरासी जिल्लाको मतपत्र परेको तथ्य बाहिर आएको थियो । उम्मेदवारको चुनाव चिह्न नै नभएको मतपत्र सदर वा बदर गर्ने, गणना गर्ने वा नगर्ने विषयमा विवाद टुङ्गिन नसक्दा मतगणना सुरु हुन नसकेको हो । चुनाव चिह्न नै नभएका मतपत्र स्वतः बदर हुनुपर्ने स्थानीय मतदाताको भनाइ छ ।

 

  • 18Read This News:
  • 449590Total reads:
  • 260991Total visitors: