आफ्नो मताधिकार प्रयोग गर्न प्रधानमन्त्री दाहाल भरतपुरमा

चितवन, ३० वैशाख २०७४ । आइतबार हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन आउनुभएको छ ।

राष्ट्रिय राजनीतिमा चासोपूर्वक हेरिएको भरतपुर महानगरपालिकामा भोलि उहाँले भरतपुर महानगरपालिका–४ स्थित लक्ष्मी मावि लङ्कु मतदान केन्द्रमा मतदान गर्नुहुनेछ । भरतपुर महानगरपालिकाको प्रमुखमा उहाँकी छोरी रेणु दाहालले उम्मेदवारी दिनुभएको छ ।

श्रीमती सीता दाहालले भने शिवनगरस्थित निमावि शान्तिपुर केन्द्रमा मतदान गर्नुहुने प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार नारायण दाहालले जानकारी दिनुभयो ।

 

  • 14Read This News:
  • 449595Total reads:
  • 260995Total visitors: