निलम्वित एफबीआई प्रमुखलाई पदमा रहँदा भएका कुराकानी नचुहाउन ट्रम्पको आदेश

अमेरिका, ३० वैशाख २०७४। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई) का निलम्वित प्रमुख जेम्स कोमीलाई पदमा रहँदा भएका कुराकानी नचुहाउन चेतावनी दिनुभएको छ ।

शुक्रबार बिहानै गरिएका केही ट्वीट सन्देशमा राष्ट्रपति ट्रम्पले पदीय हैसियतमा गरिएका कुराकानीलाई सञ्चारमाध्यमसमक्ष नलान भन्नुभएको हो । ट्रम्पले निलम्वनमा परेका पूर्व एफबीआई प्रमुख कोमीलाई उहाँ पदमा रहेका बेला भएका कुराकानी रेकर्ड भएको हुनसक्ने बताउँदै सबै विवरण सञ्चारमाध्यमलाई नदिन आग्रह गर्नुभएको हो ।

कोमीलाई निलम्वन गरेकोमा आएका आलोचना र सञ्चारमाध्यममा आएका प्रतिक्रियाप्रति लक्षित गर्दै ट्रम्पले सो ट्वीट गर्नुभएको हो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले पूर्व एफबीआई निर्देशक पदमा रहेका बेला आफ्नो निर्वाचन अभियानमा रसियाली प्रभाव रहेको भन्ने आरोपबारे एफबीआई अनुसन्धान आफूमाथि लक्षित रहेको छ वा छैन भन्ने विषयलाई सोधेको खुलासा गर्नुभएको छ । कोमीलाई यसैहप्ताको सुरुतिर पदबाट बर्खास्त गरिएको थियो ।

 

  • 21Read This News:
  • 449688Total reads:
  • 261083Total visitors: