छ बालबालिकाका शव निकालियो

चीन, २९ वैशाख २०७४ । चीनको गुआङ्गसी जुआङ्ग अधिनस्थ क्षेत्रमा गत बुधबार पौडी खेल्नको लागि गएका ६ बालबालिकाको शव शुक्रबार बिहानसम्म निकालिएको अधिकारीले जानकारी दिएका छन् ।

ती बालबालिकालाई गत बुधबार पौडी खेल्नको लागि बिद्यालयबाट गुआङ्गसी जुआङ्ग सहरमा अवस्थित एक नदीमा लगिएको थियो ।

प्राथमिक विद्यालयका ती विद्यार्थिलाई बेइलिउ सहरमा रहेको एक विद्यालयबाट पौडी खेलाउनको लागि लगिएको थियो ।

उद्धारकर्ताको टोलीले बुधबार बेलुका नै २ वटा शवको निकालेका थिए । त्यसगरी बिहीबार १ जनाको र शुक्रबार ३ जना गरी ६ जनाको शव निकालेका बताइएको छ ।

स्थानीय सरकारले विद्यालयलाई विद्यार्थिलाई असुरक्षित नदीमा लगेको विषयमा स्पष्टिकरण सोधेको बताइएको छ ।

 

  • 36Read This News:
  • 449795Total reads:
  • 261184Total visitors: