चीन, २४ वैशाख २०७४ । चीनको कोइला खानीमा पहिलो जाँदा खानीभित्र आइतबार पहिलारो जाँदा ३ जना कामदारको मृत्युभएको छ भने १८ जना खानीभित्र थुनिएको चिनियाँ अधिकारीले बताएका छन् ।
बिहान करिव ११ बजेको समयमा जिलिङ्कि आउने कोइलाखानी भएको उक्त घटनामा काममा खटिएका केही कामदार घटनापछि विषाक्त ग्यास फैलिँदा विरामी परेका छन् र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
घटापछि ३२ जनालाई कोइलाखानी भित्रबाट उद्धार गरिएकोमा तीन जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।
खानीमा फसेको बाँकी १८ जनाको उद्धारका लागि विभिन्न तालिम प्राप्त समूहहरु घटनास्थलमा पुगी उद्धारको काम जारी राखेको चिनियाँ सुरक्षा स्रोतले बताएको छ ।


