घानामा देशभरी आठ घन्टा विद्युत अवरुद्ध

घाना, २२ वैशाख २०७४। घानामा बुधबार बेलुकादेखि भोलिपल्ट बिहानसम्म देशभरी विद्युत आपूर्ति बन्द भएको छ ।

बुधबार बेलुका १० बजेदेखि भोलिपल्ट विहान ६ बजेसम्म देशभरी विद्युत अपुर्ति रोकिएको विभिन्न सञ्चार माध्यमले जनाएका छन् ।

घानाको विद्युत सेवा वितरण सम्बन्धी सरकारी निकायले प्राविधिक कारणले विद्युत सेवा केही घन्टा रोकिन पुगेको बताएको छ ।

“बेलुका झन्डै ९ः४० देखि बिहानसम्म विद्युत आपूर्ति बन्द हुदाँ देशभरी धेरै क्षति हुनपुगेको छ,” एक उच्च सरकारी अधिकारीले जनाएकोछ ।

 

  • 19Read This News:
  • 450554Total reads:
  • 261895Total visitors: