अधिकांश कर्मचारी कार्यालय आइसकेपछि बिदाको जानकारी

महोत्तरी, २१ वैशाख २०७४। महोत्तरीका अधिकांश कर्मचारी कार्यालयमा आइसकेपछि सरकारले आज जानकी नवमीको अवसर पारेर महोत्तरी र धनुषा जिल्लामा सार्वजनिक बिदा गरेको थाहा पाएका छन् ।

अचानक आजैको निर्णयानुसार सरकारले यसैवर्षदेखि थालेको जानकी नवमी बिदाबारे महोत्तरीका अधिकांश कर्मचारीलाई थाहा नभएको र उनीहरु आ–आफ्ना कार्यालयमा आइसकेपछि मात्रै थाहा पाएका हुुन् ।

जिल्लाका अदालत, कारागार, जिल्ला प्रशासन, जिल्ला समन्वय समिति, मालपोत, कोलेनिका, नापी, भूमिसुधार, वन, भू–संरक्षणलगायत तीन दर्जन बढी कार्यालयका सयौँ कर्मचारी कामकाज गर्न कार्यालयमा आइसक्दा मात्रै उनीहरुले आज बिदा रहेको थाहा पाएका छन् ।

कतिपय कार्यालयका कर्मचारीले आजको हाजिरीसमेत गरिसकेका र कतिले आजको मितिमा धेरैजसो चिठीपत्र, कागजातसमेत दर्ता र चलानी गरिसकेका छन् ।

यसअघि कहिले पनि नदिइएको जानकी नवमीको बिदा यसैपालिदेखि लागू गरिएकाले धेरैजसोले आज बिदा हुनसक्ने आशा पनि नगरेकाले महोत्तरीका अधिकांश कर्मचारी आ–आफ्ना कार्यालयमा आइसकेपछि बिदाबारे जानकारी पाएका हुन् ।

कतिले कार्यालय आई हाजिर बनाई, कामकाज समेत गर्न लागिसकेका र कतिले आउनेबित्तिकै थाहा पाए पनि अहिले सबैजना पुनः बिदा भन्दै आ–आफ्ना घर फर्किसकेका छन् र कति अब कार्यालय आइसकेपछि बेलुका नै जाउँला भन्दै कार्यालयमै बसिरहेका छन् ।

 

  • 30Read This News:
  • 449914Total reads:
  • 261295Total visitors: