राष्ट्रपति भण्डारी राष्ट्रप्रमुख भएकोले मतदानमा सामेल नहुने

काठमाडौँ, २१ वैशाख २०७४। राष्ट्रपति विद्यादेवी भण्डारी स्थानीय निर्वाचनमा मतदान कार्यमा सामेल नहुने हुनुभएको छ ।

यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि दलहरुले मनोनयन गरेपछि राष्ट्रपतिले आफू संविधानको संरक्षक भएकाले निर्वाचनमा सहभागी भएर मतदान गर्दा कुनै दल विशेषलाई मत हाल्नुपर्ने भएकाले त्यस्तो निर्णयमा पुग्नुभएको उहाँका प्रेस सल्लाहकार माधव शर्माले जानकारी दिनुभयो ।

राष्ट्रपति भण्डारीको नाम काठमाडौँ जिल्ला बूढानीलकण्ठ नगरपालिका–३, चपलीको मतदाता नामावलीमा रहेको छ ।

 

  • 30Read This News:
  • 449519Total reads:
  • 260927Total visitors: