‘छन्द–पराग’ र ‘छन्द तरङ्ग’ परिचर्चा

काठमाडौँ, १९ वैशाख २०७४। छन्द लेखनको सिद्धान्त र सीपबारे कवि एवम् समालोचक डा. देवी नेपालद्वारा लिखित ‘छन्द–पराग’ पुस्तक र ‘छन्द तरङ्ग’ एल्बमबारे सोमवार परिचर्चा गरिएको छ ।

डा. नेपालको ४५ औँ जन्मदिनका अवसरमा अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च र अनाममण्डली संस्थाले आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले डा. नेपाल र अर्का कवि तथा समालोचक डा. रामप्रसाद ज्ञवालीले छन्द कविताको पुनः जागरण गराउन उल्लेख्य भूमिका निर्वाह गरेको बताउनुभयो ।

समालोचक डा. महादेव अवस्थी, डा. ज्ञवाली, अनाममण्डलीका अध्यक्ष रुपक अलङ्कारलगायतले स्रष्टा डा. नेपालको थप साहित्यिक उन्नयनको कामना गर्नुभयो ।

 

  • 79Read This News:
  • 448429Total reads:
  • 259911Total visitors: