जर्मन चान्सलर मर्केल अरब क्षेत्रको सुरक्षा र अर्थतन्त्रका विषयमा छलफल गर्न आबुधाबीमा

संयुक्त अरब इमिरेट्स, १९ वैशाख २०७४। जर्मन चान्सलर एन्जेला मर्केलले सोमबार संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीमा यहाँका राजकुमार मोहम्मद बिन जैयद अल नाहयानसँग सोमबार भेटगरी अरब क्षेत्रको सुरक्षा र अर्थतन्त्रका विषयमा छलफल गर्नुभएको छ ।

दुई नेताबीचको कुराकानी दुई पक्षीय राजनीतिक एवम् आर्थिक सम्बन्ध, सिरियालगायत लिबिया र यमनमा जारी द्वन्द्वका विषयमा केन्द्रित भएको यूएईको राष्ट्रिय समाचार संस्था (वाम) ले जनाएको छ । भेटका क्रममा उहाँहरुले आतङ्कवादविरुद्धको लडाइँमा सहकार्य गर्ने विषयमा पनि छलफल भएको थियो ।

अरब राष्ट्रमा यूएई जर्मनीको मुख्य व्यापारिक कारोबार रहेको वाम न्युज एजेन्सीले बताएको छ ।

त्यसैगरी जर्मन सरकारी स्रोतका अनुसार जर्मनीको यूएईमा करिब २ अर्ब ४० करोड अमेरिकी डलर बराबरको लगानी गरेको छ ।

मर्केलले यूएई आउनुपूर्व साउदी अरबको पनि भ्रमण गरी आपसी हितका कैयौँ सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।

 

  • 37Read This News:
  • 448429Total reads:
  • 259911Total visitors: