अफगानिस्तान, १८ वैशाख २०७४। अफगानिस्तानको विभिन्न प्रान्तमा भएको शनिबार साँझदेखि सुरु भएको सुरक्षा कारबाहीमा कम्तीमा ४३ जना विद्रोही लडाकूको मृत्यु भएको अफगानी गृहमन्त्रीले आइतबार बताउनुभयो ।
अफगान राष्ट्रिय रक्षा तथा सुरक्षा बलले कुनार, वार्दाक, नान्गाहार, जाबुल, लोगार र कुन्दुजलगायतका विभिन्न ८ प्रान्तमा गरेको आतङ्कवादविरुद्धको कारबाहीमा ४३ जनाको मृत्यु भएको छ भने ८ जना अन्य घाइते भएको मन्त्रालयले एक विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।
मृतकमध्ये १७ जना इस्लामिक स्टेट (आईएस) समूहका सशस्त्र लडाकू रहेको विज्ञप्तिमा जनाइएको छ ।
पछिल्ला केही हप्तायता अफगानी सुरक्षाकर्मीले विद्रोहीविरुद्धको कारबाहीलाई शसक्त पारेको छ ।


