इटालीका रेन्जीको पार्टी निर्वाचित हुने प्रवल सम्भावना

इटाली, १८ वैशाख २०७४। इटालीका पूर्वप्रधानमन्त्री माटेओ रेन्जीको सत्ताधारी दल ‘डेमोक्रेटिक पार्टी’ (पीडी) दलको प्रारम्भिक निर्वाचनमा विजयको नजिक पुगेको बताइएको छ ।

यदि रेन्जि निर्वाचित भएमा इटालीको राष्ट्रिय राजनीतिमा पुनः अग्रणी स्थान पाउनेछ ।

४२ वर्षीय रेन्जीले सन् २०१६ को डिसेम्बरमा इटालीका जनताले संवैधानिक जनमत सङ्ग्रहलाई अस्वीकार गरेपछि प्रधानमन्त्रीबाट राजीनामा दिएको थियो ।

उनले इटालीको संसदीय प्रणालीमा सुधार ल्याउने प्रतिबद्धताका साथ पार्टीको नेतृत्वमा उम्मेदवारी दिएको थियो ।

आइतबार प्राप्त मतगणनाअनुसार रेन्जीले ६६.७ प्रतिशत मत प्राप्त गरेको छ । त्यसैगरी इमिलियानोले ८ प्रतिशत मत प्राप्त गरेको छ ।

रेन्जीले करिब ६८ प्रतिशत मत प्राप्त गर्नसक्ने सो पार्टीले जनाएको छ ।

 

  • 37Read This News:
  • 448374Total reads:
  • 259859Total visitors: