पाकिस्तानी प्रधानमन्त्रीका सल्लाहकारको बर्खास्त

पाकिस्तान, १७ वैशाख २०७४। पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले आफ्नो प्रधानमन्त्रीका विदेश मामिला विशेष सल्लाहकार सैयद तारिक फतेमालाई पदबाट बर्खास्त गर्नुभएको छ ।

पाकिस्तानी राजनीतिक नेता र सैनिक नेतृत्वबीच आतङ्कवादविरुद्धको लडाइँका विषयमा विवाद रहेको भनी गतवर्ष सार्वजनिक भएको एक सञ्चारकर्मीको रिपोर्टमा फतेमाको संलग्नता भएको भन्दै पदमुक्त गरिएको बताइएको छ ।

यद्यपि पाकिस्तानी सेनाले प्रधानमन्त्री सरिफले आफ्ना सल्लाहकारलाई सेना र राजनीतिक नेताबीचको द्वन्द्वका कारण हटाइएको भनी आएका समाचारलाई अस्वीकार गरेका छ ।

सेनाले शनिबार प्रधानमन्त्रीको कदम ‘अपूर्ण’ रहेको भनी प्रतिक्रिया दिएको छ ।

यसअघि प्रधानमन्त्री सरिफले एक अर्का अधिकारी राव तेहसिनलाई कारबाही गर्न निर्देशन दिनुभएको थियो । सरिफले पाकिस्तानी सञ्चारकर्मीलाई आफ्नो विषयमा विवादास्पद खबर लेखेको कारण नहटाउन पाकिस्तानी डन पत्रिका प्रशासनलाई आग्रह गर्नुभएको थियो ।

पाकिस्तानी प्रधानमन्त्री सरिफ र सेनाबीच सन् २०१६ पछि सम्बन्ध अपेक्षित सहज देखिने गरेको छैन ।

 

  • 61Read This News:
  • 448594Total reads:
  • 260066Total visitors: