आप्रवासीलाई फिर्ता पठाउने ट्रम्पको आदेशको विपक्षमा न्यायाधीशको फैसला

अमेरिका, १४ वैशाख २०७४। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आप्रवासीहरूलाई नियन्त्रणमा लिएर फिर्ता गराउन अस्वीकार गर्ने सहरलाई अनुदान नदिने निर्णयको विपक्षमा एकजना सङ्घीय न्यायाधीशले फैसला गरिदिएका छन् ।

क्यालिफोर्नियाको उत्तरी क्षेत्रको अदालतका न्यायाधीश विलियम ओरिकले ७० मिनेट लामो सुनुवाइपछि यस्तो निर्णय सुनाउनुभएको अधिकारीहरूले जानकारी दिएका छन् ।

राष्ट्रपति ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेको ५ दिनपछि गत जनवरी २५ मा आप्रवासीहरूलाई नियन्त्रणमा लिएर फिर्ता गराउन अस्वीकार गर्ने सहरलाई अनुदान नदिने आदेश जारी गर्नुभएको थियो ।

सान फ्रान्सिस्को र सान्टा क्लारा प्रदेशले राष्ट्रपति ट्रम्पको आदेशविरुद्ध अदालतमा मुद्दा दिएका थिए ।

राष्ट्रपतिको आदेशले प्रदेशको अधिकार क्षेत्र मिचेको, प्रदेशलाई हस्तक्षेप गरेको र व्यावहारिक कठिनाइ नबुझेको अदालतको ठहर छ ।

साथै न्यायाधीश ओरिकाले एउटा अस्थायी निषेधाज्ञा जारी गर्दै अदालतबाट छिनोफानो नभइन्जेल राष्ट्रपतीय आदेश कार्यान्वयन नगर्न भन्नुभएको छ ।

“हामी अमेरिकाको लोकतन्त्र र विधिको शासन र संविधानका लागि सङ्घर्ष ग¥यौँ र स्थापित पनि ग¥यौँ, तर अहिलेको ट्रम्प प्रशासनले अमेरिकाको संविधान, विधिको शासन र लोकतन्त्रलाई समाप्त पार्न लागिरहेको छ” – ट्रम्पको आदेशको विपक्षमा हुुनेको भनाइ छ ।

उनीहरूले जनता र देशको आवश्यकताअनुसार अदालतले निर्णय गरेको बताउँदै यसले देश र जनताको जित भएको बताएका छन् ।

 

  • 36Read This News:
  • 480710Total reads:
  • 288169Total visitors: