सरकारी जागिर छोडेर गाईपालन

मोरङ, ११ वैशाख २०७४। माध्यमिक तहमा १२ वर्षसम्म नेपाली विषय अध्यापन गराउनु भएका मधुमल्ला–९ का शिक्षक कृष्ण आचार्य सरकारी जागिर छोडेर गाईपालनमा लागेका छन।

सरकारले पशुपालन गर्ने किसानलाई अनुदान दिन थालेपछि आचार्यलाई पशुपालन गरिरहँदा थप प्रोत्साहन मिलेको छ । उनका अनुसार १२ वर्ष काम गर्दा ३६ वर्षीय आचार्यलाई सरकारी जागिरबाट सामान्य तलव मात्र प्राप्त भयो । सरकारी जागिरको दैनिकीबाट मान र सान प्राप्त गर्न नसकेपछि आचार्यले २०७० देखि रु २४ हजार ४०० तलब आउने जागिरबाट राजीनामा दिएर गाई पाल्न थालेका हुन ।

गाईपालन सुरु गरेका दिनमा उनलाई घाँसपानी, कुडो खोले गर्न धेरै गाह्रो भयो । पत्नी अम्बिका र परिवारका सबै सदस्यको साथ पाएपछि आचार्यले ३ वर्ष नपुग्दै आफ्नो गोठलाई आकृति कृषि फारममा बदल्न सफल भए ।

अहिले दैनिक ८०/९० लिटर दूध उत्पादन गर्दै आएका आचार्य १५/२० लिटर दूध गाउँ मै बेच्ने गर्छन । बाँकी पथरी र उर्लाबारीका डेरी उद्योगमा बिक्रीका लागि लाने गर्छन । दैनिक रु ४ हजारको दूध विक्रि गर्ने र खर्च कटाएर मासिक रु ७५ देखि ८० हजार बचत हुने गरेको आचार्यको भनाइ छ ।

उनको गोठमा अहिले ९ वटा दुहुना गाई, १३ वटा ब्याउने गाई, ७ वटा बाछाबाछी छन् ।

प्रत्येक ४ महिनामा ६ ट्र्याक्टर गोबर बिक्री गर्दै आएका आचार्यले प्रतिट्र्याक्टर रु ३ हजारका दरले गोबर मल बिक्रि गर्छन ।

 

  • 33Read This News:
  • 480726Total reads:
  • 288183Total visitors: