कोलम्बियामा बाढी, १६ जनाको मृत्यु

कोलम्बिया, ७ वैशाख २०७४ । कोलम्बियाको मध्य क्षेत्रमा आएको बाढी पहिरोमा परी कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीले बताएका छन् ।

बाढी पहिरोकै कारण सयौँ जनाको मृत्यु भएको केहीदिनपछि पुनःअर्को बाढी पहिरोको घटना भएको सरकारी उद्धारकर्ताको भनाइ रहेको छ ।

मनिजल्स सहरमा भिषण वर्षापछि आएको यस बाढी पहिरोका कारण अरु कम्तीमा ७ जना हराइरहेका जनाइएको छ ।

यसअघि मोकोअ सहरको पहाडी इलाकामा पर्ने ३ वटा नदीमा गत महिनाको ३१ तारिखमा आएको भीषण बाढीमा परी कम्तीमा ३२३ जनाको मृत्यु भएको थियो । त्यस घटनामा मारिएका व्यक्ति एक सय जना बालबालिका रहेका थिए ।

मनिजल्सका मेयर जोसे अक्टाभिओ कार्डोनाले स्थानीय एक रेडियोलाई दिएको अन्र्तावार्तामा ढुङ्गा माटोसहितको बाढी पहिरो गएको बताउनुभयो ।

भीषण वर्षाभएपछि स्थानीय बासिन्दालाई सतर्क रहन आह्वान गरिएको उहाँले जानकारी दिनुभयो ।

राष्ट्रपति जोन म्यानुअल सान्तोषले आफ्ना अन्य कार्यक्रम रद्द गरेर घटनास्थलको निरिक्षण गर्ने योजना बनाउनु भएको छ । घटनास्थल मोकोअ जस्तै पुग्नका लागि निकै अप्ठ¥यारो र दुर्गम क्षेत्रमा पर्दछ ।

“यो जलवायु परिवर्तनको प्रभाव हो,” उहाँले समाचारदातालाई भन्नुभयो, “म यस बारेमा सतर्क रहन सबैलाई आह्वान गर्दछु, वातावरणीय समस्याका बारेमा बेवास्ता गर्नुहँुदैछ ।”

उहाँले ट्विटरमा लेख्दै घटनास्थलमा तत्काल उद्धार तथा सहयोगका लागि सक्रिय हुन सरकारका सम्वन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

बाढी पहिरो गएको मनिजल्स क्षेत्रको जनसङ्ख्या झन्डै ४ लाख रहेको छ । घटनास्थलमा अहिले पानी, विजुली, सञ्चारलगायतका सेवाहरु अवरुद्ध भएका छन् ।

 

  • 32Read This News:
  • 449146Total reads:
  • 260570Total visitors: