इजिप्टका पूर्व गृहमन्त्री एड्लीलाई सात वर्ष कैद सजायँ

इजिप्ट, २ वैशाख २०७४ । इजिप्टका पूर्व गृहमन्त्री हविव अल एड्लीलाई भ्रष्टाचार अभियोगमा यहाँको एक अदालतले सात वर्ष जेल सजायँ तोकेको छ ।

एड्लीविरुद्धको भ्रष्टाचार मुद्दा इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुवारकको युगमा सरकारमा सहभागी अधिकारीविरुद्ध लागेको सम्भवत यो अन्तिम मुद्दा हो ।

मुवारकको सरकारमा कडा समर्थकका रुपमा रहेका पूर्व मन्त्री एड्लीले आफू माथिको जेल सजायँ विरुद्ध पुनरावेदन गर्न सक्नुहुनेछ ।

मुवारक जेलबाट छुटेको एक महिना नपुग्दै उहाँका निकट सहयोगी एड्लीलाई एक फरक मुद्दामा जेल पठाउने निर्णय सुनाइएको हो ।

पूर्व प्रशासक मुवारकालाई इजिप्टमा सन् २०११ मा भएको १८ दिन लामो विद्रोहमा प्रदर्शनकारी माथि बर्बर दमन गर्दै कैयौँको हप्तामा संलग्नता रहेको भनी निर्णय सुनाइएकामा केही हप्ता पहिले मात्र उहाँ निर्दोष भएको इजिप्टका उच्च अदालतले फैसला सनाएको थियो ।

फैसलमा एड्ली र केही प्रहरी कमाण्डरलाई पनि सफाई दिइएको थियो ।

शनिबार एड्ली लगायत गृहमन्त्रलयका पूर्व गृह अधिकारीविरुद्धको भ्रष्टाचार आरोपबारे फैसला सुनाउँदै उहाँलगायत १० जनालाई एक करोड १० लाख अमेरिकी डलर बराबरको भ्रष्टाचार मुद्दामा दोषी ठहराइएको हो ।

एड्लीलाई सन् २०१६ को नोभेम्बरदेखि नजरबन्दमा राखिएको थियो ।

 

  • 31Read This News:
  • 480929Total reads:
  • 288379Total visitors: