नव नियुक्त प्रहरी महानिरीक्षक अर्याललाई दज्र्यानी चिह्न प्रदान

काठमाडौँ, २९ चैत २०७३। गृहसचिव लोकदर्शन रेग्मीले नवनियुक्त प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई सोमवार बेलकी गृह मन्त्रालयमा आयोजित समारोहमा दज्र्यानी चिह्न प्रदान गर्नुभयो ।

मन्त्रिपरिषद् बैठकले सोमवार नायब प्रहरी महानिरीक्षक अर्याललाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । विसं २०४४मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गर्नुभएका अर्याल २६ औँ प्रहरी महानिरीक्षक हुनुभएको छ ।

मन्त्रालयमा आयोजित समारोहमा अर्याललाई फुली लगाइदिँदै गृहसचिव रेग्मीले उहाँको कार्यकालमा नेपाल प्रहरीको गौरव अझ उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

Nepal-Police-chief-Prakash-Aryalसोमवार बेलुकानै सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई बढुवा गर्ने निर्णय गरेको थियो ।

४ वर्षको कार्यसम्पादनको मूल्याङ्कनका आधारमा अर्यालले १५४.२ अङ्क प्राप्त गर्नुभएको थियो । त्यसैगरी प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले १५२.४, बमबहादुर भण्डारीले १५०.२ र जयबहादुर चन्दले १४७.६ अङ्क प्राप्त गर्नुभएको थियो ।
सरकारले गत फागुन १ गते प्रहरी नायब महानिरीक्षक चन्दलाई प्रहरी प्रमुखमा बढुवा गरेकामा सर्वोच्च अदालतले बढुवाको आधार पेस गर्न आदेश दिएको थियो ।

 

  • 39Read This News:
  • 449253Total reads:
  • 260675Total visitors: