कास्की, २४ चैत २०७३। कवि र कवितालाई व्यावसायिकता प्रदान गर्दै पोखरेली साहित्यानुरागीलाई लक्षित गरी नयाँ वर्षको अवसर पारेर आगामी वैशाख २ गते पोखरामा कविता कन्सर्ट हुने भएको छ ।
‘नयाँ वर्षको सुरुवात सिर्जनशील कामबाट’ भन्ने उद्घोषका साथ पब्लिक इभेन्टले पोखरामा दोस्रो कविता कन्सर्ट गर्न लागेको कविता कन्सर्टका कार्यक्रम संयोजक उपेन्द्र पौडेलले जानाए ।
कन्सर्टमा कवि विप्लव ढकाल, उपेन्द्र सुब्बा र मोमिला जोशीले ४/४ कविता वाचन गर्ने र कर्ण दास, लोचन भट्टराई र इतु जोजिजुले प्रत्यक्ष वाद्यवादनका साथ ६ वटा कविता वाचन गर्ने आयोजकले जनाएको छ ।


