म्याडिसन पार्क विश्वकै उत्कृष्ट रेस्टुरेन्ट घोषित

अष्ट्रेलिया, २४ चैत २०७३ । न्युयोर्क ‘इलेभन म्याडिसन पार्क’ सन् २०१७ को विश्वको सबैभन्दा उत्कृष्ट रेस्टुरेन्ट बनेको बुधबार मेलबर्नमा भएको पुरस्कार वितरण कार्यक्रममा जनाइएको छ ।

सन् २०१६ मा प्रथम भएको इटालीको अस्टेरिया फ्रान्सेस्कानालाई पछि पार्दै म्याडिसन पार्क प्रथम बन्न सफल बनेको हो ।

व्यावसायिक कुक सेफ डेनियल हमद्वारा सञ्चालित यो रेस्टुरेन्टले विश्वको उत्कृष्ट भनी छानिएका ५० रेस्टुरेन्टलाई पछि पार्दै प्रथम पुरस्कार पाउन सफल भएको हो । यस पुरस्कारलाई विश्वको खाना जगतको ओस्कारका रूपमा हेर्ने गरिन्छ ।

त्यसैगरी इटालीको अस्टेरिया फ्रान्सेस्काना दोश्रो र स्पेनको एल सेलर डेकन रोका तेस्रो स्थानमा आउन सफल भएको छ ।

 

  • 35Read This News:
  • 448938Total reads:
  • 260405Total visitors: