पहिलो पटक ‘हाइकु’ वाचन

काठमाडौँ, १५ चैत २०७३ । नेपालमा पहिलो पटक ‘हाइकु’ कविता वाचन गरिएको छ ।

घोडेजात्राको अवसरमा सोमबार नेपाल हाइकु केन्द्रबाट पहिलो पटक सातदोबाटो, ललितपुरमा आयोजना गरिएको हाइकु वाचन कार्यक्रममा करिब २० जना साहित्यकारले हाइकु वाचन गर्नुभएको थियो ।

कार्यक्रममा प्रसिद्ध साहित्यकार तथा हाइकुकारले घोडासम्बन्धी ‘बिम्व’ राखेर रचना गरिएको हाइकु कविता वाचन गरेका थिए ।

उक्त अवसरमा कला र कविताको सङ्गम ‘हाइगा’ विशेष नेपाली हाइकु पत्रिका विमोचन गरिएको थियो । हाइकु जापानी शैलीमा लेखिएको ३ हरफको कविता हो ।

हाइकु वाचन गर्ने साहित्यकार तथा प्राध्यापक रामकुमार पाँडे, गुप्तबहादुर श्रेष्ठ, लालबहादुर भुजेल, मङ्गलनारायण जोशी, विष्णुबहादुर श्रेष्ठ, सुष्मा मानन्धर, डम्बरबहादुर जीताली, धर्म राजकर्णिकार तथा अतृप्त पाण्डेले हाइकु कविता वाचन गर्नुभएको प्राध्यापक पाँडेले जानकारी दिनुभयो ।

प्रसिद्ध यौन साहित्यकार पुस्कर लोहनीले नेपालमा हाइकुको राम्रो सम्भावना रहेकाले यसको विकास गर्न अत्यन्तै आवश्यक रहेको बताउनुभयो ।

नेपालमा पहिलो पटक विसं २०१९ मा शङ्कर लामिछानेले यस किसिमको कविता लेख्नुभएको थियो ।

 

  • 67Read This News:
  • 472898Total reads:
  • 281459Total visitors: