भ्रष्टाचार विरोधी प्रदर्शनमा सहभागी प्रतिपक्षी नेतासहित १३० रसियाली प्रहरी नियन्त्रणमा

रसिया, १४ चैत २०७३। रसियाको राजधानी मस्कोमा भ्रष्टाचार विरोधी प्रदर्शनमा हजारौँ मानिस सहभागी भएका छन् भने सहभागी मध्ये १३० जनालाई प्रहरीले नियन्त्रणमा लिएको यहाँको मानवअधिकारबादी सङ्गठनले आइतबार जनाएको छ ।

पक्राउ पर्नेमा प्रतिपक्षी नेता अलेक्सी नाभाल्नीसहितका राष्ट्रपति पुटिन प्रशासनका आलोचकहरु रहेको ओभिडि इन्फोले ट्वीटरमार्फत जनाएको हो ।

आन्दोलनमा सहभागी भीडलाई तितरभितर गर्न प्रहरीले ‘पिरो पानीको फोहरा’ प्रयोग गरेको बताइएको छ ।

प्रहरीले नाभान्लीलाई प्रहरीको मिनिबसमा राखी लगेपछि प्रतिपक्षी नेता नाभान्लीले प्रदर्शनकारीलाई आफ्नो सुरक्षाका लागि प्रहरीसँग नलड्न आग्रह गर्नुभयो । उहाँले भ्रष्टाचार विरोधी आन्दोलनलाई थप शसक्त पार्न अनुरोध गर्नुभएको मानवअधिकारवादी सङ्गठनले बताए ।

 

  • 35Read This News:
  • 449240Total reads:
  • 260662Total visitors: