फिजिमा डेङ्गु विरुद्ध राष्ट्रिय अभियान सुरु

Original Title: Aa_FC3_58a.jpg

फिजी, १० चैत २०७३। फिजिमा डेङगु विरुद्ध राष्ट्रिय अभियान सुरु गरिएको छ । स्वास्थ्य र औषधि सेवासम्बन्धी मन्त्री रोसी अकवरले बुधबार राष्ट्रिय अभियान सुरु भएको जानकारी दिनुभएको हो ।

उहाँले संसदमा बोल्दै भन्नुभयो, “स्वास्थ्यकर्मीहरूको टोली डेङ्गुप्रभावित क्षेत्रमा लगातार खटिएको छ, समुदायलाई आवश्यक भएजति सबै सेवा दिन हाम्रो टोली तयार छ । हामीले लामुखट्टेको टोकाईबाट बच्न आम नागरिकलाई आह्वान गरेका छौं, लामखुट्टे मार्ने अभियान पनि सँगसँगै भइरहेको छ ।”

उहाँले अभियान चलिरहेका बेला नजिकैको स्वास्थ्य संस्थामा गएर स्वास्थ्य परीक्षण गर्न पनि सबैलाई आह्वान गर्नुभएको छ ।

विगत १५ वर्षदेखि हरेक पाँच÷पाँच वर्षको अन्तरालमा फिजीमा यस्तो अभियान सञ्चालन गर्ने गरिएको उहाँले बताउनुभयो ।

डेङ्गुको सङ्क्रमण हुन नदिनेतर्फ सतर्क नहुँदासम्म डेङ्गुको सङ्क्रमण नियन्त्रण हुन नसक्ने भएकाले त्यसतर्फ सतर्क हुन पनि उहाँले सबैलाई आग्रह गर्नुभएको छ ।

फिजीमा सन् २०१७ को पहिलो दुई महिनामा मात्रै १५० जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

 

  • 24Read This News:
  • 418998Total reads:
  • 231727Total visitors: