भोजपुरमा असी प्रतिशतलाई हात्तीपाइलेकोे औषधि खुवाइयो

भोजपुर, ९ चैत २०७३ । भोजपुरमा ८० प्रतिशत सर्वसाधारणलाई हात्तीपाइलेको औषधि खुवाइएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । यही चैत ५, ६ र ७ गते भोजपुर जिल्लाभरका ८० प्रतिशत सर्वसाधारणलाई औषधि खुवाइएको हो ।

औषधि १ लाख ५० हजार चारसय ९५ जनालाई खुवाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालयका फोकल पर्सन विनोद मिश्रले जानकारी दिनुभयो । २ नगरपालिका र ७ गाउँपालिका रहेको भोजपुरमा औषधि खुवाउनका लागि २ सय ३५ स्वास्थ्यकर्मी र १हजार १ सय ३ महिला स्वास्थ्य स्वयम्सेविका परिचालन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले जानकारी दिनुभयो ।

भोजपुरमा कुल जनसङ्ख्याको सात प्रतिशत जनसङ्ख्यामा हात्तीपाइले रोगको सङ्क्रमण रहेको जिल्ला जनस्वास्थ्य कार्यालय भोजपुरले जानकारी दिएको छ ।

 

  • 34Read This News:
  • 419020Total reads:
  • 231749Total visitors: