नेटो प्रमुख अमेरिका प्रस्थान

बेल्जियम, ७ चैत २०७३ । उत्तर एटलान्टिक सैन्य गठबन्धन (नेटो) प्रमुख जेन्स स्टलटेनबर्ग सोमबार अमेरिकाका लागि बेल्जियमबाट प्रस्थान गरेको छ ।

उनको अमेरिका भ्रमण वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रपतिमा निर्वाचित भएपछि भएको पहिलो भ्रमण हो ।

अमेरिकामा रहँदा नेटो प्रमुख स्टलटेनबर्गले अमेरिकी उच्च अधिकारीसँग इस्लामिक स्टेट (आईएस) विरुद्धको अभियानलाई थप सशक्त पार्दै विश्वभरबाट आतङ्कवादको अन्त्य गर्ने विषयमा छलफल हुने नेटोले जनाएको छ ।

स्टलटेनबर्गले मङ्गलबार अमेरिकी रक्षा मन्त्री जेम्स म्याटिसलाई भेट्नु हुने कार्यक्रम छ ।

त्यसपछि अन्य उच्च अमेरिकी अधिकारीसहित नेटो गठबन्धन राष्ट्रका विदेश मन्त्रीहरुसँग भेटी आईएस विरुद्धको अभियानबारे छलफल हुने बताइएको छ ।

 

  • 31Read This News:
  • 419096Total reads:
  • 231822Total visitors: