ताइवान, ७ चैत २०७३ । नेपालकी धाविका कान्छिमायाले ताईपेई म्याराथनको महिलातर्पmको दौडमा ११ औँ स्थान प्राप्त गरेकी छिन ।
ताईपेईमा आईतबार भएको म्याराथनमा कान्छिमायाले २ घण्टा ५९ मिनेट १३ सेकेण्ड्स्मा दौड पुरा गरेकी थिईन् ।
खराबम मौसमका कारण कान्छिमायाले आफ्नै नाममा रहेको २ घण्टा ५५ मिनेट ५९ सेकेण्डको राष्ट्रिय कीर्तिमान समेत भङ्ग गर्न समेत कठिन परेको प्रशिक्षक सुशिल नर सिंह राणाले बताए ।
झण्डै १५ हजार धावकको सहभागीता रहेको उक्त दौडमा ११ औँ स्थान प्राप्त गर्नु सन्तोषजनक नै रहेको प्रशिक्षक राणाले बताए ।
यो वर्ष मात्रै दौडमा ८ वटा उपाधि प्राप्त गरिसकेकी सशस्त्र प्रहरीकी धाविका कान्छिमायाले ताईपेई दौडमा ११ औँ स्थान प्राप्त गरे वापत ४ हजार ताईवान डलर प्राप्त गरेकी छिन् ।
– परेश सापकोटा


