कतार एयरवेजले ल्यायो विमानभित्रै सुत्ने व्यवस्था

अन्तरंग जोडी तथा दम्पत्तिहरुका लागि मज्जाको खबर छ । एक एयरलाइन्सले पहिलोपटक आफ्नो विमानको विजिनेस क्लासमा डबल बेडको व्यवस्था गरेको छ ।

कतार एयरवेजले यो नयाँ प्रयोग सुरु गरेको हो । विमानभित्रको ‘क्यु सुइट’ मा यात्रुहरुले दुई मिडल सिटलाई पुरै तेस्र्याएर ओछ्यानमा परिवर्तन गर्न सक्छन् । यहाँ दुई मनोरञ्जनात्मक स्त्रिmनसहित एउटा निजी कोठा बनाउनका निम्ति ‘पार्टिसन प्यानल’ हरु पनि छन् । यात्रुहरु महंगा ब्रान्डका स्लीपर सुट लगाएर र ब्ल्यांकेट ओढेर एक अर्काको अंगालोमा आरामले निदाउन सक्छन् ।

तर यसमा यात्रा गर्न मोटै रकमको जोहो गर्नुपर्छ । उदाहरणका लागि लन्डनबाट दोहासम्म यात्रा गर्न ५ हजार डलर जति लाग्नेछ ।

जोडीका लागि बेड मात्र नभएर यस विमानमा सिंगै परिवारका लागि ४ वटा बेडसहितको निजी कक्ष तयार गर्न सकिने पनि व्यवस्था मिलाइएको छ । [Read More]

Source: Online Khabar

 

  • 71Read This News:
  • 453924Total reads:
  • 264800Total visitors: