अमेरिकी पूर्व राष्ट्रपति ओबामा एक महिनाकालागि फ्रान्समा

फ्रान्स, ४ चैत २०७३ । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओवामा एक महिनाका लागि बुधबार आफ्नो परिवार विना नै फ्रान्सको पर्यटकिय टापु तहीतीमा रहेको वातावरण मैत्री ब्राण्डो रिसोर्टमा पुगेको त्यहाँको एक स्थानिय टेलिभिजनले जनाएकोछ । सो रिसोर्टको प्रति रातको शुल्क १२ हजार ३०० युरो रहेको छ ।

यस यात्राका क्रममा ओबामाले कुनै राजनीतिक भेटघाट गर्ने छैन । उनको यो एक महिने योजनाका वारेमा भने केही स्पष्ट हुनसकेको छैन ।

फ्रान्सको पोलिनेसिया दक्षिणी प्रशान्त महासागरमा पर्ने १०० भन्दा बढी टापु भएको क्षेत्र हो । जहाँ सन् १९९० को दशकमा फ्रान्सले आणविक परिक्षण गरेको थियो ।

 

  • 21Read This News:
  • 454462Total reads:
  • 265014Total visitors: