भारत, २ चैत २०७३। भारतीय वित्तमन्त्री अरुण जेट्लीले मङ्गलबार रक्षामन्त्री थप कार्यभार सम्हालेकोछ । भारतीय रक्षामन्त्री मनोहर पार्रिकारले सो पदबाट राजीनामा दिएपछि जेट्लीलाई औपचारिक रुपमा सो पदको जिम्मेदारी दिइएको हो ।
पार्रिकार आफ्नो गृह नगरको गोवाको मुख्य मन्त्रीका लागि रक्षामन्त्रीको पद त्यागेका हुन । स्रोतका अनुसार जेट्लीलाई सोमबार साँझ नै सो पदको जिम्मेवारी दिइएको छ ।
पार्रिकारले दिएको राजीनामा भारतीय राष्ट्रपति प्रणव मुखर्जीबाट स्वीकृत भएको केही घन्टामा नै जेट्लीलाई रक्षामन्त्रीको थप कार्यभार दिइएको थियो ।
तर मङ्गबारबाट मात्र रक्षा मन्त्रालयको कार्यभार सम्हालेका छन ।
सन् २०१४ मा भारतीय जनता पार्टी (भाजपा)ले सत्ता सम्हाल्लेपछि ६ महिनासम्म यसअघि पनि जेट्ली दुईवटा मन्त्रालय सम्हालेका थिए ।
अर्को रक्षामन्त्रीको नियुक्ति नभएसम्म जेट्ली सो कार्यभार सम्हाल्ने बताइएको छ ।


