नामिबियामा मलेरियाबाट चौधको मृत्यु

नामिबिया, २ चैत २०७३। यहाँका स्वास्थ्यमन्त्री बर्नाड हाउफिकुले मलेरियाका कारण मार्च महिनामा १४ जनाको मृत्यु हुनुका साथै करिब ७ हजार नागरिक बिरामी भएको जानकारी दिएकोछ ।

मलेरियाका कारण हजारौँ नामिबियाली नागरिक बिरामी भएका र १४ जनाको मृत्यु भएपछि नामिबिया सरकारले यसलाई नियन्त्रण गर्ने प्रयासका लागि एक लाख २३ हजार नामिबियाली डलर छुट्याएको छ ।

रोगलाई पूर्ण नियन्त्रणमा ल्याउन थप रकम पनि आवश्यक देखिएको भन्दै छिट्टै यसको पनि व्यवस्था गर्ने स्वास्थ्यमन्त्री हाउफिकुले जानकारी दिएकोछ ।

नामिबियाका ग्रामीण क्षेत्रमा मलेरियाबाट गाउँलेहरूले एकपछि अर्को गर्दै ज्यान गुमाएपछि सरकारले मलेरिया नियन्त्रणलाई लक्षित गरी कार्यक्रमहरू ल्याएको छ ।

 

  • 25Read This News:
  • 459790Total reads:
  • 269286Total visitors: