विवाह गर्न नपाएको रिसमा जोडीद्वारा आत्महत्या

बर्दिया, २६ फागुन २०७३। विवाह गर्न नपाएको झोकमा बर्दियाका एक जोडी किशोरकिशोरीले सामूहिक आत्महत्या गरेका छन् ।

बर्दियाको धधवार गाविस–७ का शत्रुधन थारु र सोही स्थान की १३ वर्षीय शर्मिला चौधरीले वुधवार घर भित्रै विष सेवन गरी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भरतबहादुर बोहराले बताउनुभयो । घर बाहिर केटा र केटी पक्षका आफन्तबीच छलफल भइरहेका बेला घरभित्र रहेका उनीहरुले विष सेवन गरेको बोहराले बताउनुभयो ।

 

  • 40Read This News:
  • 459730Total reads:
  • 269231Total visitors: