पाकिस्तान, १३ फागुन २०७३ । ७ जनाको मृत्यु हुने गरी पाकिस्तानको लाहोरमा भएको घटनामा बम विस्फोट नभई ग्यास लिक भएको प्रहरीले बताएको छ ।
प्रहरी अधिकारीले शुक्रबार दिएको जानकारीअनुसार बिहीबार भएको घटनामा बम विस्फोटन भएको पाइएको छैन । घटनामा परी अरु केही घाइते भएका थिए ।
सोही ठाउँमा गत १० दिनअघि मात्रै भएको विस्फोटनको घटनामा परी १४ जनाको मृत्यु भएको थियो । यो महिना पाकिस्तानमा यस्ता घटना शृखलाबद्धरुपमा भइरहेका छन् ।
“हिजो भएको विस्फोट एउटा दुर्घटना मात्रै थियो । यसको पछाडी कुनै आतङ्ककारी समुहको हात थिएन्,” पञ्जाव प्रदेशका कानुनमन्त्री राना सनउल्लाहले शुक्रबार भन्नुभएको छ ।


